उपनिर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै, आजै चुनाव चिन्ह दिइने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ । आयोगले त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिएको छ ।

बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने छन् । कार्यतालिका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

यहि मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । देशका विभिन्न ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ।