ओली सरकार भ्रष्ट र माफियाको हो,सहकारी पीडितको होइन: सह-संयोजक गजुरेल
काठमाडौं। सहकारी पीडितको आन्दोलनलाइ नेपाल कम्युनिस्ट पार्टीको पूर्ण सर्मथन रहेको सहसंयोजक हरिकृष्ण गजुरेल बताएका छन्। उक्त कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा सहसंयोजक गजुरेलले अब यो आन्दोलनलाइ निर्णायक बनाउने बताए।
सहकारी पीडितलाइ ओली सरकारले थप पीडित बनाउदै लगेकोले अब आनदोलन जोडतोडका साथ अगाडी बढाउने चेतावनी दिए। उनले भने यो दलाल, भ्रष्ट र माफियाको सरकार हो,सहकारी पीडितहरूको आवाज सुन्दैन अब पीडितहरूको आवाज सुनाउन देशभरका सहकारी पीडितहरूले एक भएर आन्दोलन छेड्ने बेला भएको बताए।
नेपाल क्म्युनिस्ट पार्टी सधैं सहकारी पीडितको साथमा हुने र अबका हरेक आन्दोलनमा आफ्नो पार्टीले पीडितहरूको पक्षमा उभिने बताए।पीडितहरुलाइ प्रहरीले झन् पीडा दिने काम गरेको नेता गजुरेलले बताए।
सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। माइतीघर नजिकै निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले बल प्रयोग गरेको थियो।
सहकारी पीडितहरुलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेलले भने प्रहरीले यस्तै दमन गर्न खोजे त्यसको प्रतिवाद गर्न पीडितहरू तयार हुने बताए। ओली सरकारले राणा शासन भन्दा बढी दमन गर्न खोजे त्यसको परिमाण नराम्रो आउने चेतावनी समेत दिए।
त्यस्तै पार्टीकी कार्यलय सदस्य इन्दिरा अधिकारीले सहकारी पीडितहरूको पक्षमा आफ्नो पार्टी सधैं रहेको बताएकी छन्। उनले भनिन् यो ओली सरकार बैरो भएको छ पीडितहरूको कुरा सुनदैन भ्रष्ट,दलाल र माफियाका कुरा मात्र सुन्छ त्यसैले अब देशभरका पीडितहरू एक भएर सरकारलाइ सुनाउनु पर्छ।