एकैदिन सुनको मूल्य १७ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार)सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १७ सय रुपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको महासंघल जनाएको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार पाँच सय रूपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला प्रतितोला २० रूपैयाँ बढेको हो। आज चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।