प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । उनले भोलि (सोमबार)देखि लागु हुनेगरी राजीनामा दिएका हुन् ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले स्वास्थ्यको कारण देखाएर अधिकारीले सोमबारदेखि लागु हुनेगरी राजीनामा दिएको बताए।
उनले भने, ‘सचिव सुरेश अधिकारीले स्वास्थ्यको कारण देखाएर यही मंसिर १० गतेदेखि लागू हुने गरी राजीनामा दिनुभएको छ ।