बालेनको पत्र बुझ्न एमालेले गर्‍यो अस्वीकार

काठमाडौं । काठमाडौँ महानगरपालकिाका मेयर बालेन शाहको नर्दिेशनमा एक लाख जरविाना गरएिको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आइतबार महानगरपालकिाको टोली पत्र लएिर गएपन एमालेले बुझ्न अस्वीकार गरेको हो । एमालेले आफू आयोजक नभएको भन्दै पत्र लिन अस्वीकार गरेको छ । यससँगै महानगरपालकिाको टोली त्यसै फर्कएिको छ ।

महानगरपालकिा प्रहरी बलका इन्स्पेक्टर कशिोर भट्टराई पार्टी कार्यालयमा पत्र दर्ता हुन नसकेको बताए । एमाले पार्टी कार्यालयका प्रतनिधिलिे दरबारमार्गमा भएको कार्यक्रमको आयोजना काठमाडौँ जल्लिा कमटिीका भएकाले जरविानाको पत्र पन त्यहीँ बुझाउन भन्दै दर्ता गर्न अस्वीकार गरेका थएि।

महानगरले मंसरि ७ गते दरबारमार्गस्थति खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर गरेको भन्दै एमालेलाई एक लाख जरविाना गर्ने नर्णिय गरेको थयिो ।

फोहोर गरेपन त्यसको व्यवस्थापकीय जम्मिेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालकिाको आर्थकि ऐन, २०८१ बमोजमि जरविाना गरएिको महानगरपालकिाले जनाएको छ ।

सोहीअनुसार उक्त पत्र बुझाउन महानगरपालकिाका प्रतनिधिहिरू आइतबार दउिँसो पार्टी कार्यालय पुगेका हुन् । एमालेका नेताहरुले उक्त पत्रको आलोचना गर्दै बालेनले स्टन्ट गरेको संज्ञा दँिदै आएका छन् ।

महानगरले अब काठमाडौँ जल्लिा कमटिीमा पत्र बुझाउने कि गर्ने भन्नेबारे नर्णिय गरसिकेको छैन।