धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल धितोपात्र बोर्डका अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्ले श्रेष्ठलाई अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल ०८० पुसमा सकिएपछि बोर्ड करिब १ वर्षदेखि अध्यक्षविहीन थियो।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था छ।