नेपाल कम्युनिस्ट पार्टीमा क्रान्तिकारी ध्रुवीकरणको लहर,वैद्य माओवादीलगायतका पार्टीबाट सयौं नेता-कार्यकर्ता प्रवेश
काठमाडौं। क्रान्तिकारी माओवादीलगायतका पार्टीबाट विद्रोह गरि आएका नेताहरू नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। विद्रोह गरि आएका नेता कार्यकर्ताहरूलाइ पार्टीका संयोजक बसन्त बोगटी तथा सह-संयोजक हरिकृष्ण गजुरेलले पार्टीमा स्वागत गरेका छन्।
सो क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाइ सम्बोधन गर्दै पार्टीका संयोजक बोगटीले भने अहिले देश र जनताको लागि राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्षको बाटो नै उपयुक्त रहेकोले देशभक्त र क्रान्तिकारीहरू एक हुनुको विकल्प नभएको बताए।
उनले भने मजदुर,किसान र श्रमजीवी वर्गको पक्षमा पार्टीले काम गर्दै आइरहेकोले ध्रुवीकरणले थप उत्साह थप्दै गएको बताए। त्यस्तै उनले भने पुराना पार्टीका नेताहरूले भ्रष्ट,दलाल र माफियाको संरक्षण गर्दै आएकोले देश बर्बाद हुँदै गएको उल्लेख गरे। अब राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्ष मार्फत भ्रष्ट,दलाल र माफियाहरूलाइ कारबाहीको अभियान नै चलाउनु पर्ने बताए।
उनले भने अब जनताको पार्टी भनेको नेपाल कम्युनिस्ट पार्टी मात्र भएको जिकिर गरे। पुराना पार्टीका भ्रष्ट र दलाल नेताले जनताको रगत चुस्न सम्म चुसेको उल्लेख गर्दै, अब देश र जनताको रक्षा आफ्नो पार्टीले लिएको राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्षले मात्र जनताको गर्न सक्ने बताए। आफ्नो पार्टीले मजदुर किसान र श्रमजीवीहरूको पक्षमा सधैं काम गर्ने प्रतिबद्धता समेत जनाएका थिए।
त्यस्तै पार्टीका सहसंयोजक गजुरेलले अहिलेको राज्य व्यवस्थाले जनताको रक्षा भन्दा पनि दुख दिने काम गरेकाेले अब राष्ट्रिय मुक्ति क्रान्ति मार्फत मात्र जनताको पक्षमा काम गर्न सक्ने बताए। र अबको बाटो राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्ष मात्र भएकोले सबै देशभक्त र क्रान्तिकारीहरू एक ठाउँमा आउनुपर्ने आवश्यकता भएकाे उल्लेख गरे।
उनले भने जनताको व्यवस्था ल्याउन राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्ष नै आवश्यक भएकोले आमनागरिक लामबद्ध हुने बेला भएको बताए। उनले भने हामीले यो पार्टी त्यतिकै निर्माण गरेकाे होइन,भ्रष्ट,दलाल र घुसखोरीहरूलाई तहलगाउन निर्माण गरिएकाे पार्टी भएको दाबीसमेत गरेका छन्।
हामीले मुक्ति क्रान्तिलाई देशव्यापी बनाउन पार्टीले मेची-महाकाली मार्च अभिया अबको केही दिनभित्र सुरू गर्ने योजना बनाएकाे सहसंयोजक गजुरेलले बताए। उनले भने यो राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्षलाई कसैले ख्याल ख्याल ठानेको छ भने यसको ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आउने चेतावनी समेत दिए।
क्रान्तिकारी ध्रुवीकरणले केही पार्टीहरूका नेताहरूकाे निदहराम भएकाे बताए। राष्ट्रिय मुक्ति क्रान्तिले मात्र देश र जनताको रक्षा गर्ने देखेपछि युवाहरूको आफ्नो पार्टी प्रति आकर्षण बढ्दै गएको गजुरेलले बताए। उनले भने एमसीसी र एसपीपी देश र जनताकाे पक्षमा नरहेकाेले आफ्नाे पार्टीले त्यस्ता राष्ट्रघाती सम्झाैताकाे सधैं विराेध गर्ने बताए। नेपालका संसदीय दलहरू काँग्रेस,एमाले र माओवादीले एमसीसी पास गर्ने नाममा १२ बुदे ब्याख्यात्मक घाेषणा पत्र तयार पारेर जनतालाई ठग्ने काम गरेको बताए। उनले भने एमसीसी जस्तै एसपीपी पनि त्यसरी नै पास गर्ने संसदीय पार्टीले याेजना बनाएका छन्,यदि त्यस्तो गरे आफुहरू चुपलागेर नबस्ने चेतावनी दिए।
त्यस्तै राष्ट्रिय मुक्ति क्रान्तिले मात्र मजदुर,किसान र श्रमजीवी वर्गको मुक्ति गर्ने र क्रान्तिकारी ध्रुवीकरणले थप पार्टी निर्माणमा बल पुग्ने राष्ट्रिय क्रान्तिकारी संयुक्त मोर्चाकी अध्यक्ष इन्दिरा अधिकारीले बताएकी छन्।
कम्युनिस्ट पार्टीहरू विभाजन हाेइन एकजुट भएर अगाडि बढ्नु पर्नेमा पार्टीका प्रवक्ता अर्जुन जाेड दिएका छन्। राष्ट्रिय मुक्ति क्रान्तिकाे कार्यदिशाकाे बाटोमा सबै कम्युनिस्ट पार्टीहरू एक भएर अगाडि बढ्नुपर्ने बेला भएको बताए।
त्यस्तै क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमकाे आयाेजना नेपाल कम्युनिस्ट पार्टी मध्य कमाण्ड इन्चार्ज सुनिता बुढाथाेकीकाे अध्यक्षतामा भएकाे थियाे,भने कार्यक्रमकाे संचालन पार्टीका सचिवालय सदस्य कुमार घतानेले गरेका थिए।
साे पार्टीका नेता कार्यकर्ताहरूकाे बाक्लाे उपस्थिति रहेकाे एकजना पार्टी केन्द्रीय नेताले जानकारी दिएका छन्।
पार्टी प्रवेश गर्नेमाहरूमा राजकुमार खाती,देवराज विक, रामबहादुर विक, विष्णु विक, विक्रम,शुक्रराज तिरुवा र विष्णु चौधरीलगायत सयौंजनाले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको केन्द्रीय नेता जानकारी दिए।
नवप्रवेशि नेताहरूले नेपाल कम्युनिस्ट पार्टीले जुन राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्षको बाटो राेजेकाे छ त्यो नै अहिलेकाे आवश्यकता रहेकोले आफुहरू यही पार्टीमा समाहित भएको बताएका थिए।
त्यस्तै उनिहरूले अब नेपाल कम्युनिस्ट पार्टीले लिएकाे लक्ष्य अनुसार आफुहरू हातमा हात मिलाए अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।