स्वास्थ्य मन्त्री पौडेलद्वारा वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालको मोलिक्युलर ल्याब एवम् मेमोग्राफी कक्षको उद्घाटन,भावी कार्ययोजना पेश कार्यक्रम सम्पन्न

चितवन।वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको मोलिक्युलर ल्याब एवम् मेमोग्राफी कक्षको उद्घाटन नेपाल सरकारका स्वास्थ्य मन्त्री माननीय प्रदिप पौडेलबाट एक कार्यक्रमका बीच सम्पन्न भएको छ। अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले क्यान्सर अस्पतालको वर्तमान अवस्था र भावी कार्ययोजना पेस गर्नुभएको थियो।

उक्त कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै निर्देशक डा पौडेलले अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने केन्द्रीय लाइफलाइन अस्पतालका रुपमा योजनाहरु कार्यान्वयनको तहमा छलफल भइरहेकोले मन्त्रीसमक्ष आवश्यक सहकार्यको अपेक्षासहित सारगर्भित मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्री पौडेलले अस्पतालको स्तरोन्नतिको लागि सबै प्रकारका सेवाहरुमा गुणस्तरिय बनाउन आवश्यक योगदान गर्न कर्मचारीहरुमा निर्देशन दिए।

उनले अस्पतालका उपकरण बिग्रिएको अवस्थामा समेत अस्पतालले वैकल्पिक व्यवस्था गर्नुपर्ने बताउँदै फार्मेसीमा सबै प्रकारका औषधिहरू उपलब्ध गराउन प्रयत्न भइरहेको र जनशक्ति परिचालन एवम् व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए साथै यस सम्बन्धमा गृहकार्य भईरहेको समेत जानकारी दिए।

नेपाल सरकारले १०- १४ वर्ष उमेरका सत्र लाख किशोरीहरुलाई एच भि पि खोप निःशुल्क उपलब्ध गराउने निर्णय भएको बताए। साथै स्वास्थ्य बिमा कार्यक्रमका लागि पाँच लाखको बनाई जनताको स्वास्थ्यमा आधारभूत रुपमा अधिकार सुनिश्चितताको लागि स्रोतको लागि खोजी एवम् प्रस्तावको कार्य अघि बढेको जनाए।

जस अन्तरगत कर्मचारीको तलबको दुई प्रतिशत, मादक पदार्थको करकट्टीमा वृद्धि , पेट्रोल डिजेल मट्टीतेलको विक्री मुल्यबाट आधा प्रतिशत स्वास्थ्य कोषमा जाने व्यवस्था गर्ने बताउँदै हाल स्वास्थ्य कोषमा आठ अर्ब रहेकोमा चौबिस अर्ब बनाएर काम अगाडि बढाउने तयारी भएको विषयवस्तु जानकारी दिए।

कार्यक्रमका अध्यक्ष अस्पताल संचालक समिति अध्यक्ष डा विजयराज न्यौपानेले अस्पतालले गौरवमय इतिहास बोकेको र यसको स्तरोन्नति लगायतका विषयहरुमा सहयोग एवम् सहकार्यका लागि स्वास्थ्य मन्त्रालयले काम अगाडि बढाउनेमा विश्वस्त रहँदै सबै सबै सरोकारवालाहरुलाई हातेमालोको लागि आह्वान गर्दै कार्यक्रम समापन गरे।

कार्यक्रममा अस्पतालका सञ्चालक समितिका सदस्यहरू डा कृष्णसागर शर्मा , डा अनिलविक्रम कार्की, डा भावना वाग्ले, शिलादेवी अधिकारी, उप निर्देशक डा उमेश नेपाल , वरिष्ठ प्रशासक गृहीनारायण महत्तो, वरिष्ठ कानुन अधिकृत गोकर्ण सापकोटा लगायत अस्पतालका कर्मचारी, सरोकारवाला सबै सबैको उपस्थिति रहेको थियो।