तारकेश्वरमा ’पिक एण्ड ड्रप’को क्रममा बसबाट खसेर दुई जनाको मृत्यु
काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिका–८ मा लामबगरमा ’पिक एण्ड ड्रप’को क्रममा बसबाट खसेर दुई जनाको मृत्यु भएको छ।
आज विहान दुर्घटनामा बसका सहचालक घाइते भएका छन्। दुर्घटनामा परी नुवाकोटको ककनी गाउँपालिका–५ का ४५ वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई हाल तारकेश्वर बस्ने ५८ वर्षीय सुन्तली ओझाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो।
दुवैको उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। बसका सहचालक गोरखाका १७ वर्षीय निशान विष्टको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। जरंखुबाट नेपालटारतर्फ आउँदै गरेको बा ४ ख ७१११ नम्बरको भाडाको बसले पिक एण्ड ड्रपको क्रममा यात्रु ओराल्ने विषयमा विवाद हुँदा दुर्घटना भएको हो।
दुर्घटनापछि स्थानिय आक्रोसीत हुदाँ झडपको स्थिती सृजना भएको थियो। घटनास्थलमा प्रहरी तैनाथ भएका छन्।