राजनीतिलाई सही दिशामा लैजान कम्युनिस्ट आन्दोलनलाई बचाइराख्नुपर्छ: अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राजनीतिलाई सही दिशामा लैजान आवश्यक रहेको बताएका छन् ।
शनिबार काठमाडौँमा मोहनविक्रम सिंहको पुस्तक कामरेड जलजलाको विमोचन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले राजनीतिलाई सही दिशामा लैजानको निम्ति कम्युनिस्ट आन्दोलनलाई बचाइराख्नुपर्ने बताए।
‘कसरी यो देशको राजनीतिलाई सही दिशामा लिएर जाने? यसको निम्ति कसरी कम्युनिस्ट आन्दोलनको सुरुवात गर्ने आदरणीय हाम्रा अघिल्लो पुस्ताका नेताहरू, मोहनविक्रम सिंह जस्ता योद्धाहरू जसले सबै चुनौतीहरूको सामना गर्दै आउनुभएको छ, उनले भने ।
अध्यक्ष नेपालले थपे,अनेकौँ उतारचढावहरू सामना गर्नुभयो । झन्डै झन्डै कम्युनिस्ट आन्दोलनहरू सिद्धिने हो की भन्नै अवस्था भयो।
विघटनको अवस्थामा पुग्ने हो की समर्पणको दिशामा जाने हो की भन्ने थियो । आँट गरेपछि पार नलाग्ने केही पनि छैन । सकारात्मक सोचका साथ लाग्नुपर्छ ।