नेपाल कम्युनिस्ट पार्टी काठमाडौंको प्रथम जिल्ला भेला सम्पन्न,भीष्मको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्लाको प्रथम भेला सम्पन्न भएको छ।उक्त कार्यक्रम शान्तिबाटिकाबाट -यालीसहित प्रज्ञा भवन पुगेको थियो। नेपाल कम्युनिस्ट पार्टी काठमाडौंको प्रथम जिल्ला भेलाले भीष्मको संयोजकत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ।
भेलाका प्रमुख अतिथि पार्टी संयोजक बसन्त बोगटी र विशेष अतिथि पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेलले गरेका थिए। अतिथिका रूपमा पार्टीका कार्यालय सदस्य अर्जुन,इन्दिरा,शिलु र सुनितालगायतका रहेका थिए भने केन्द्रीय सदस्यहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।
भेलालाई पार्टीका संयोजक र सहसंयोजकले सम्बोधन गरेका थिए। सम्बोधनको क्रममा राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्षले नै मजदुर,किसान र श्रमजीवी वर्गको मुक्ति गर्न सक्ने सो पार्टीले जनाएकाे छ। नेपाल कम्युनिस्ट पार्टी दक्षिणपन्थी नव संशोधनवादी, नव प्रतिक्रियावादी र बुर्जुवा संसदवादी प्रवृत्ति विरुद्ध मालेमावाद र राष्ट्रिय मुक्ति क्रान्तिको विचारले स्पष्ट रहेको पार्टीका संयोजक बोगटीले बताए।
नेपालको कम्युनिस्ट आन्दोलनमा विद्यमान दक्षिणपन्थी नव संशोधनवादी, नव प्रतिक्रियावादी र बुर्जुवा संसदवादी प्रवृत्तिका विरुद्ध मालेमावाद र राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्षको विचारले मात्र अगाडि बढ्न सक्ने संयोजक बोगटीले दाबी गरे। उनले भने आजको भेलाले पार्टीलाइ थप उर्जा थपेको छ हाम्राे पार्टी थप बलियो बनेको बताए।
त्यस्तै भेलालाई पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेलले सम्बोधन गर्दै भने आज यो पार्टी त्यतिकै निर्माण गरिएको होइन विश्व कम्युनिस्ट आन्दोलन जोगाउन र नेपालमा एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न आफुहरूले हिक्मत गरे अगाडि बढेको बताए। उनले भने कुनै एक व्यवसायीले किन सक्ने पार्टी निर्माण गर्ने होइन,जनताको पार्टी बनेर मजदुर,किसान र श्रमजीवी वर्गको पार्टी निर्माण गरेर जनताको सेवा गर्ने पार्टी बनाउने हो।
उनले भने शिक्षा र स्वास्थ्यमा भइरहेका निजीकरण,व्यापारीकरण,दलालीकरण र माफियाकरणविरुद्ध निरन्तर राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्षको माध्यामबाट लड्दै अगाडि बढ्ने बताए।
ओली सरकारले स्वास्थ्य माफियाहरुलाई संरक्षण गर्नुका साथै स्वयं सरकार नै माफियाको जालोमा फस्न पुग्नु र ती माफियाहरुको नेत्तृत्व समेत सरकारले गरीरहेको सहसंयोजक गजुरेलले बताए।स्वास्थ्य र शिक्षा माफियाहरुलाई राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्षको माध्यमबाट माफियाहरुलाई कार्वाही गर्ने चेतावनी समेत दिइएका छन्।
उनले भने यो विद्रोह र पार्टी निर्माणका ३ वटा ऐतिहासिक कार्यभार रहेका छन्।यसको पहिलो कार्यभार विचार संश्लेषणको प्रश्नसँग सम्बन्धित छ, यो विश्व दृष्टिकोणको सवाल हो,यसकारण यसले राष्ट्रिय मुक्ति क्रान्तिको विचारको संश्लेषण गरेको छ।
नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा क्रमभङ्ग हो,विचार, संगठन र आन्दोलनमा क्रान्तिकारी छलाङ मारेको सह संयोजक गजुरेलले बताए।यो नेपालको कम्युनिस्ट आन्दोलन र जनताको साझा अनुभव र ज्ञान हो यसले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ चरणको प्रतिनिधित्व हुनु जरूरी छ।
याे काठमाडाैं जिल्लाकाे प्रथम भेलाले पार्टीलाइ थप मजवुद बनाउदै लगेकाे छ, अब मुक्ति क्रान्ति र छापामार संघर्षले मात्र जनताकाे रक्षा गर्न सक्ने बताए।