सुदूरपश्चिमले दियो विराटनगरलाई १८३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले जितका लागि विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८२ रन बनायो ।

जारी प्रतियोगितामा यो सबैभन्दा ठूलो योगफल हो । यसअघि, सोमबारको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १४१ रन बनाउनु नै ठूलो योगफल थियो । सुनूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय खेले।