जनपत्रकार संगठन र पत्रकार महासंघ दाङ शाखाबीच ५ बुदे सहमति,खोल्यो ताला

दाङ। नेपाल पत्रकार महासंघ दाङ शाखामा दुई संगठनले लगाएको तालाबन्दी खुलेको छ। पत्रकार महासंघ र दुई क्रियाशिल संगठन जनपत्रकार संगठन, नेपाल  र प्रगतिशील पत्रकार संघ दाङबिच भएको सहमती पश्चात गरिएको अनिश्चितकालीन तालाबन्दी खुलाइएको हो।

शनिबार नेपाल पत्रकार महासंघ दाङ शाखाको अगुवाईमा जिल्लाका क्रियाशिल सम्पूर्ण संघ/संगठनबीच भएको बैठकले ५ बुदामा विभिन्न निर्णय गर्दै तालाबन्दी खोल्ने टुँगोमा पुगेको जनपत्रकार संगठन नेपालका दाङ जिल्ला अध्यक्ष हेमन्तप्रकाश वलीले बताए।

बैठकले महासंघको केन्द्रीय समितिको शुद्धीकरण मापदण्ड अनुसार दाङ शाखाले नविकरण गर्न सिफारिस गरेका र यसअघि मतदाता नामावलीमा नाम समावेस भई पछिल्लो सुचीमा छुट हुन गएका १६ जनाको नाम मतदाता नामावलीमा समावेस गर्न पत्रकार महासंघ लुम्बिनी प्रदेश समिती र केन्द्रीय समितीलाई अनुरोध गर्ने निर्णय गरेको छ।

यस्तै बैठकले यसअघि महासंघको दाङ शाखाले स्थानान्तरणका लागि सिफारिस गरेका नामहरु छुट्न गएकाले उक्त नाम दाङ शाखामा कायम गरिदिन महासंघको प्रदेश र केन्द्रीय समितीलाई अनुरोध गर्ने  निर्णय गरेको छ।

बैठकले महासंघको २८ गतेको निर्वाचन सौहार्दपूर्ण ढंगले सम्पन्न गर्न सबै संघ/संगठनले सहयोग गर्ने निर्णय गरेको छ। साथै नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न सबै संघ/संगठनहरुले अधिकतम रुपमा पहल गर्ने समेत निर्णय गरेको छ।

यस्तै बैठकले महासंघको सदस्यता बारे असहमति जनाउँदै जनपत्रकार संगठन नेपाल र प्रगतिशील पत्रकार संघ नेपालले दाङ शाखामा गरेको तालाबन्दी खोल्ने निर्णय समेत गरेको जनाएको छ।

यस्तो छ महासंघ दाङ शाखाको प्रेस बिज्ञप्ति: