वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी छाेड्नेकाे लर्काे

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन सकिए लगत्तै पार्टी छोड्नेको लर्को लागेको छ। पार्टीको महाधिवेशन स्थलबाटै नेताहरूले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

सामाजिक सञ्जालबाटै धेरै नेता कार्यकर्ताले पार्टी छोडेको जनाएका छन् भने कतिपय नेताले महाधिवेशन स्थलबाटै क्रान्तिकारी कम्युनिस्ट पार्टीमा नरहने घोषणा गर्दै बाहिरिएका छन्।

यस्तो छ पार्टी परित्याग गर्नेकाे भनाइ  

म अन्तत : महाधिवेशन स्थल बाट बाहिरिए
पुर्व निर्धारित मंशिर १३-२३ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता रास्ट्रिय महाधिवेशन सम्पन्न भयो ! महाधिवेशनको तैयारिकै क्रममा कमरेड कन्चनले आफ्नो बैज्ञानिक समाजबाद सम्बन्धि कार्यदिशाको समानान्तर दस्तावेज लिएर पुर्व बहुमतको ठुलो हिस्सा सहित पार्टी बाट बाहिरिए पश्चात महाधिवेशनको निम्ति गरमा गरम बहस र छलफलको कुनै खास बिषय बस्तु रहेन ! केहि पदावली चयन र ईतिहासको मुल्यांकनका बिषयमा बहस ,छलफलको नौटंकी गर्नु सिवाय महाधिवेशनको निम्ति अरु बिषय थिएन ! जव महाधिवेशनमा छलफल,बहसको निम्ति कुनै खास बिषय बस्तु हुदैन तव त्यो महाधिवेशन केवल कर्मकाण्डी हुनु स्वभाविक हो! तसर्थ नेतृत्व,कार्यदिशा,कार्यनीति,रणनीति,योजना ,कार्यक्रम लगायत कुनैपनि बिषयमा महाधिवेशन द्वारा पार्टीले क्रमभंग गरेर छलांग हान्ने कुनै सम्भावना थिएन !
आफु पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक समिति (केन्द्रिय समिति) को सदस्य हुनुको नाताले यसप्रकारको सकारात्मक सम्भावनाहिन अवस्थामा पनि मैले महाधिवेशनमा सहभागिता जनाएको थिएं ! सत्य उल्लेख गर्नुपर्दा करिव दुई बर्ष देखि अर्थात जुन दिन देखि पार्टीमा महाधिवेशनको चर्चा हुनथाल्यो त्यही दिन देखि म महाधिवेशनको पर्खाईमा थिएं ! महाधिवेशनको पर्खाई र महाधिवेशनमा मेरो सहभागितालाई मेरा कैयौ हितचिन्तक साथि सहयोगीहरुले अर्थहिन र समयको बर्बादी भनेका थिए ! तथापि मैले महाधिवेशनमा भाग लिएँ ! पार्टीमा महाधिवेशन,सम्मेलन अघि वा पछि माथि देखि तल सम्म आफ्ना कुराहरु लैजान सम्भव हुदैन ! पार्टीबात निक्लेर आफ्ना कुराहरु पार्टीका नेता,कार्यकर्ता समक्ष राख्दा त्यसको खासै महत्व हुदैन !
त्यसकारण पार्टीका आम नेता,कार्यकर्ता समक्ष आफ्नो कुरा पु-याउनकानिम्ति महाधिवेशनलाई ठुलो अवसरको रुपमा प्रयोग गर्ने मेरो उद्देस्य थियो ! त्यो उद्देस्यमा म धेर थोर सफल भएँ भन्ने लाग्छ ! केन्द्रिय समितिले निश्चित गरेको समयसीमा भित्रै मैले केन्द्रिय कार्यलयमा आर्थिक नीति सम्बन्धि आफ्नो फरकमतको दस्तावेज दर्ज गरें ! रास्ट्रिय एकता महाधिवेशनको दस्तावेज नामक अन्तरपार्टी प्रकाशनको पेज नम्वर २०५-२१४ मा मेरो उक्त फरकमतको दस्तावेज प्रकाशित भयो र अध्यन, छलफलको निम्ति पार्टी सदस्य सम्म पुग्यो ! तत्पश्चात पार्टीले ठोस गरेका सम्भव भएसम्मका जिल्लाहरुको अन्तरपार्टी बहशमा भाग लिएँ ! पार्टीको अबैज्ञानिक प्रकारको समय तालिका,प्रतिकुल स्वास्थ्य अवस्था र प्रतिकुल मौशमको कारण चाहे जति जिल्लाहरुमा पुगेर मैले आफ्नाकुरा राख्न सकिन ! खासगरी काठमाडौँ,भक्तपुर,काभ्रे,मधेश प्रदेशका आठ जिल्ला र गण्डकी प्रदेशको कास्की लगायत जिल्लाका अन्तरपार्टी बहसमा सहभागी भएर मैले आफ्ना कुराहरु राखें !
अन्तरपार्टी बहस छलफलमा मेरो सहभागिताको प्रारम्भ देखिनै पार्टी भित्रको एउटा तप्का त्रसित र आतंकित थियो ! उक्त तप्काले मेरो प्रस्तुतिवारे हेड क्वाटरमा रिपोर्ट समेत ग-यो ! तत्पश्चात हेड क्वाटर समेत नकारात्मक ढंगले तरंगित भयो ! वास्तवमा कोहिपनि त्रसित,आतंकित र नकारात्मक ढंगले तरंगित हुन जरुरि थिएन ! किनकी म पार्टीको बिधि र पद्धति भन्दा बाहिर थिएन ! जिल्लाका अन्तर पार्टी छलफल,बहसमा सहभागी कमरेडहरु सवै जिल्ला सदस्य भन्दा तलका थिएनन ! जवकी अन्तरपार्टी प्रकाशनमा प्रकाशित दस्तावेज संग्रह पार्टी नीति अनुरुप नै पार्टी सदस्य सम्म पुगिसकेको अवस्था हो ! मैले अन्तरपार्टी छलफल, बहसमा जे जे बोलें ती सवै पार्टीमा प्रस्तुत र प्रकाशित दस्तावेजमा आधारित थिए ! अझ यसो भनौ समय सीमाको कारण दस्तावेजमा लेखिएको भन्दा पनि ज्यादै कम बोल्न बाध्य भएँ ! दस्तावेज लेखिरहदा मैले सोचेंको थिएँ अन्तरपार्टी बहस,छलफलहरुमा प्रशस्त समय पाईनेछ र प्रत्यक बिषयबस्तुमा उदाहरण सहित तथ्यपरक ढंगले प्रस्तुत भैईनेछ ! त्यही शोंच राखेर नै दस्तावेज छोत्याईएको थियो तर अन्तरपार्टी बहस,छलफल कतैपनि मैले शोचे जस्तो भएन ! सिमित समयको कारण कतैपनि मैले आफ्नो कुरा दस्तावेजमा उल्लेखगरे जति पनि राख्न पाईन ! यो अवस्थामा दस्तावेजमा लेखे भन्दा बढी बोल्यो,सिमा नाघ्यो भनेर कोहिपनि त्रसित,आतंकित र तरंगित हुनु जरुरि छदै थिएन !
बहस,छलफल र दस्तावेज अध्यन पश्चात कैयौ कमरेडहरुले सुझाव,सल्लाह दिनुभयो ! पार्टीका केन्द्रिय कार्यालय समितिका सदस्यहरु देखि जिल्ला समितिका सदस्य सम्मका कैयौ कमरेडहरुले पार्टीको आर्थिक नीति सम्बन्धि सहि रोड म्याप भनेर प्रसंशा गर्नुभयो ! साथै उहाहरुले पार्टीमा यसखालको दस्तावेज तुरुन्तै पारित हुने सम्भावना नरहेको गुनासो गर्दै जव सम्म यस्ता दस्तावेज पास हुदैनन् तव सम्म पार्टी क्रान्तिकारी पार्टी बन्न सक्दैन भन्ने गुनासो गर्नुभयो ! पार्टीको आर्थिक नीति सम्बन्धि आधिकारिक प्रस्तावको प्रस्तावक कमरेड एस टि ले अन्तरपार्टी बहसकै क्रममा मेरो सो दस्तावेजलाई फिल्ड बाटै आएको प्रत्यक्ष अनुभूतिजन्य वास्तविक दस्तावेज भन्दै सो दस्तावेजले फिल्डमा भेतियका समस्या,त्यसको समाधान र भावी योजना सबै बोकेको बताउनुभयो र मलाई उत्साहित र प्रेरित गर्नुभयो ! कमरेड एस टि लगायत मलाई सल्लाह सुझाव दिनुहुने सवै कमरेडहरु प्रति म सधै नतमस्तक छु ! यस अर्थमा पनि मैले आफु उद्देस्यमा सफल भएको महशुस गरेकोछु ! आफ्नो दस्तावेज सहित म महाधिवेशनमा सहभागी हुदैनथे भने सायद मेराकुराहरु कसैले थाहा पत्तो पाउने थिएनन !
यो करिव दुई बर्षको अवधिमा पार्टी भित्र पटक पटक सानाठूला फुट, बिभाजन र बिद्रोहका घटना घटे ! तिसवै घटनाका केन्द्रमा रहेका कमरेडहरु संगको प्रत्यक भेटघाटमा मेरो एउतै भनाई हुन्थ्यो कसैले ठिक या बेठिक जेसुकै भनोस त्यो आफ्नै ठाउमा छ तर आफ्ना कुरा पार्टीका सकेसम्म धेरै नेता,कार्यकर्ता सम्म पु-याउनु पर्दछ र त्यसको निम्ति महाधिवेशन पर्खनुपर्द्छ ! हो, मैले त्यही गरें जो आफुले भन्दै आएको थिएँ ! महाधिवेशनको पुर्व सन्ध्यामा मंशिर १२ गते कुपन्डोलमा आयोजना गरिएको केन्द्रिय समितिको बैठक र १३ गते भूगोलपार्कमा सम्पन्न महाधिवेशन उद्घाटन समारोहवारे मलाई आधिकारिक जानाकारी नभएकोकारण र त्याहा मेरो अनुपस्थितिमा केहि नबिग्रिने भएकोकारण त्यो दुई दिन मेरो मेरो उपस्थिति रहेन !
क्रितिपुरमा मंशिर १४ गते देखि सुरु भएर मंशिर २३ गते समापन भएको बन्दशत्रको वारेमा पनि मलाई मेरो च्यानल वाट कुनै जानाकारी गरिएन ! तैपनि म त्यो बन्दसत्रमा जानुपर्दथ्यो त्यसैले मैले त्याहा जान पाउने मेरो अधिकारको प्रयोग गर्दै म गएँ ! १४ गते बन्द शत्रको पहिलो दिन दस्तावेज प्रस्तुतीकरणमा सहभागी भएर आफ्नो आर्थिकनीति सम्बन्धि फरकमतको दस्तावेज प्रस्तुत गरें ! समय केवल ५ मिनेट मात्र निर्धारण गरिएकोहुदा महाधिवेशन प्रतिनिधि,पर्यवेक्षक कमरेडहरुको विच आर्थिक नीति वारे मेरो फरक मत छ है भनेर ध्यानाकर्षण गरे जस्तो मात्र गर्दा समय सकियो ! १५ गते अन्य कमरेडहरुको दस्तावेजवारे सुनियो ! १६ र १७ गते समुह छलफलमा सहभागी भएर अन्य दस्तावेजहरुमा आफ्नो मत राख्ने र आफ्नो दस्तावेजको बारेमा बोल्नेकाम गरियो ! यत्ति गरेपछि महाधिवेशनमा गर्नुपर्ने आफ्नो काम सम्पन्न गरेको महसुस भयो ! तत्पश्चात म महाधिवेशन स्थल बात बाहिरिए, फेरि फर्केर गईन !
पार्टीको सर्वोच्च अंग हो महाधिवेशन ! महाधिवेशन बहिस्कार गर्नु पार्टीको नीति,कार्यक्रम र लक्ष,उद्देस्य बहिस्कार गर्नु हो ! त्यस्तै महाधिवेशन स्थल देखि सचेत ढंगले बाहिरिनु भनेको पार्टी देखिनै बाहिरिनु हो ! तसर्थ जुन वेला म आफ्नो उद्देस्य पुरा गरेर महाधिवेशन स्थल बात बाहिरिए त्यही वेला देखि तत्कालिन मेरो प्यारो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल संग मेरो सम्बन्ध बिच्छेद भएको थियो ! भावानात्मक रुपमा धेरै पहिले नै सम्बन्ध टुटेको स्थिति भएपनि सांगठनिक रुपमा गत मंशिर १७ गते देखि पार्टी संग मेरो सम्बन्ध टुटेको सत्य हो ! यसवारे मैले न कुनै सामाजिक संजाल, न कुनै व्यक्ति कहिँ कतै व्यक्त गरेर महाधिवेशन स्थलमा कार्यालय बैठकको निम्ति एक अर्को एजेन्डा र प्रतिनिधिहरु विच कानेखुशीको बिषय बनाउन चाहेन ! १९ गते साँझ ३;४५ तिर कमरेड अटलले फोन गरेर कता हो ? के हो? कसलाई सोधेर गएको ? तुरुन्तै आउनु आदि भन्नुभयो ! मैले म आउन सक्दिन मात्र भनें उहा संग धेरै कुरा गर्न मैले आबस्यक ठानिन ! त्यो भन्दा अघि ३ जना कार्यालय सदस्य कमरेडहरु संग कुरा भएको थियो म नफर्कने गरि बाहिरिएको कुरा उहाहरुलाई मैले प्रस्ट संग भनेको थिए ! कमरेड अटल पछि अर्को एकजना कार्यालय सदस्य कमरेडले पनि फोन गर्नुभएको थियो म अब आउदिन भनेर उहालाईपनि प्रस्टै संग भनेको थिए !
महाधिवेशन स्थलमा निरन्तर बसेर न त् मलाई तालि पड्काएर कथित अनुशासनको पालक बन्नु थियो ,न त् मलाई आफ्नो दस्तावेजको ढाल बनाएर कुनै पदको वार्गेनिङ्ग गर्नु थियो, न त सहमतिको नाममा मैले मेरो दस्तावेजको मूल सारतत्वलाई मारेर अरुकुनै दस्तावेज पारित गर्न सहयोग गर्नु थियो , न त मेरो दस्तावेज माथि मतदानको माग गरेर कथित मतदानको नौटंकी हेर्नु नै ! किनकी ती त् मेरा काम नै थिएनन् मेरा काम त महाधिवेशनलाई उचित अवसरको रुपमा उपयोग गर्दै पार्टीका बढीभन्दा बढी नेता कार्यकर्ताहरु सम्म आफ्नो कुरा पु-याउनु थियो ! जो महाधिवेशनको समुह छलफल सम्म पुग्दा सम्पन्न भईसकेको थियो ! त्यसपछि म किन त्याहा किन बसिरहनु ? म चुपचाप, आनन्दले महाधिवेशन स्थल बात बाहिरिए !