चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स
काठमाडौं। चालु आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसा गत वर्षको सोही अवधिको तुलनामा यो ९.१ प्रतिशतको वृद्धि हो। गत वर्षको पहिलो चौमासमा रेमिट्यान्स आप्रवाह २२.५ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ। गत वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो,राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ।
चालु आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४ सय ७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १ सय ५ रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ३७ हजार ४ सय ७५ र ६८ हजार ८ सय ४१ रहेको थियो।