प्रधानमन्त्रीलाई वामदेवको फोन-प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्

काठमाडौं। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

शुक्रबार एमाले अध्यक्ष समेत रहेका ओलीलाई फोन गर्दै गौतमले एमाले अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका हुन्। तत्कालिन नेकपा विभाजनपछि एमालेबाट अलग भएका गौतमले आफूलाई फोन गरेको प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन्।

आदिवासी जनजाति महिलाहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौतमले आफूलाई फोन गरेको बताएका हुन्।अहिले भर्खर म गाडीमा आउँदै थिएँ । वामदेव गौतमजीले फोन गर्नुभयो’, ओलीले भने,अनि के भन्नुभयो भने मदन भण्डारी कांग्रेसले मारेको हो। मलाई पहिला नै थाहा थियो। तर म चुप लागेँ ।

प्रधानमन्त्री ओलीले बामदेवले आफूसँग कुरा गरेपनि आफ्नो स्वर नचिनेको बताए ।अव म बुढो पनि भइसके जे सुकै भएपनि मलाई केही छैन,त्यसकारण म कुरा भन्दैछु। मेरै स्वरमा छ।

अब केपी ओलीले प्रधानमन्त्रीबाट पनि राजीनामा गर्नुपर्छ,पार्टी अध्यक्षबाट पनि गर्नुपर्छ,यस्तो भनेर बस्न पाइन्छ ? भन्देऊ तिम्रो ठुलो बालाई भनेर कुरा मसँग गर्दै हुनुहुन्थ्यो तर राजेश भनेर । वामदेवजीको फोन आएको देखेपछि राजेशबाट फोन लिएर मैले उठाएँ । कमरेड के छ हालखबर भनेँ ठिक छ भन्नुभयो’, उनले भने।

उनले थपे, ‘कुरा गर्दै गइयो तर अन्तिममा त तिम्रा ठुला बालाई भन्देऊ । प्रधानमन्त्री र अध्यक्षबाट पनि राजीनामा गर्नु भन्देऊ भनेर एकछिन पड्किनुभयो । हस् म भन्दिउँला भनेँ।