एमालेभित्र खराब प्रवृत्ति मौलायो: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुशासित ढंगले एकतावद्ध भएर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

केन्द्रीय संगठन विभागले आइतबार आयोजना गरेको राष्ट्रिय कार्यशाला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सही विचार र नीति लिएर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन्।

पार्टीमा खराब प्रवृत्ति मौलाउँदै गएको बताउँदै उनले पार्टीमा जसरी विकास गर्नुपर्थ्यो त्यसरी विकास गर्न नसकेको बताए ।

अहिले पार्टीमा केही प्रवृत्ति देखिएका छन् । पार्टीमा भोटो फटाएको तर नेतृत्व दिन नसक्ने, अर्को भनेको विमति जनाउने तर, सही बाटो के हो?

पहिल्याउन नसक्ने’ उनले भने, ‘असहमति राखेर आफूलाई कुछ हौं भन्ने पृथक देखाउन खोज्ने। यो प्रवृत्ति पार्टी र व्यक्तिगत हिसाबले ठिक होइन ।

प्रतिक्रियावादी शक्तिले त विभाजन गर, अन्तरविरोध पैदा गरेर राज गर भन्ने नीति नै भएको भन्दै उनले भने,अहिलेसम्म विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न सकेका छैनन्।