राष्ट्रिय क्रान्तिकारी संयुक्त मोर्चाको जिल्ला भेला सम्पन्न, बालकृष्णको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन

 झापा। झापाको बिर्तामोडमा नेपाल कम्युनिस्ट पार्टी सम्वद्ध राष्ट्रिय क्रान्तिकारी संयुक्त मोर्चाको जिल्ला भेला सम्पन्न भएको छ। मारवाडी सेवा समितिको हलमा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेल भाष्कर र बिशेष अतिथिमा पार्टीकी कार्यलय सदस्य तथा राष्ट्रिय क्रान्तिकारी संयुक्त मोर्चाकी अध्यक्ष इन्दिरा अधिकारी बर्षा रहनुभएको थियो।

भेलालाई सम्बोधन गर्दै भाष्करले राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्षको कार्यदिशा मार्फत मात्रै स्वाधीन र समाजवादी गणतन्त्र नेपालको स्थापना गर्न सकिने बताउनु भयो।

उहाँले पार्टीले पौष ११ गतेबाट मेचीको कांकरभिट्टा र महाकालीको गड्डाचौकीबाट एक साथ राष्ट्रिय मुक्ति मार्चको सञ्चालन गर्न लागेको जानकारी दिंदै सहभागिताको लागि सम्पूर्ण नेता कार्यकर्ता र आम जनताहरूलाई अपील गर्नुभयो।

त्यस्तै भेलालाई सम्बोधन गर्दै मोर्चाकी अध्यक्ष अधिकारीले सबै देशभक्त ,प्रगतिशील तथा क्रान्तिकारी जनसमुदायलाई साम्राज्यवाद र तिनका दलालहरुको विरुद्धमा लड्नको लागि राष्ट्रिय क्रान्तिकारी संयुक्त मोर्चामा एकताबद्ध हुन अपील गर्नुभयो।

कार्यक्रमको मोर्चाका केन्द्रीय सदस्य डिल्ली शिवाकोटीले अध्यक्षता गरेका थिए भने कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रीय सचिवालय सदस्य,झापा जिल्ला संयोजक तथा मोर्चाका केन्द्रीय सचिव कृष्ण अधिकारीले गर्नुभएको थियो। त्यस्तै कार्यक्रमा जनकलाकार एवं पार्टी तथा मोर्चाका केन्द्रीय सदस्य बालकृष्ण गजमेर स्लामुले स्वागत मन्तव्य राख्नुको साथै क्रान्तिकारी गितहरू प्रस्तुत गर्नुभएको थियो।

सो भेलाले बालकृष्ण गजमेर स्लामको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिती गठन गरेको छ। त्येसैगरी सचिवमा सीता बुढाथोकीलाई चयन गरेको छ भने अन्य सदस्यहरुमा यादव निरौला ,रोशन कार्की ,खड्ग शिवा,कमल गौतम नेपाली,तेजबहादुर राई,काशी राजबंशी,मन्जु नेपाल,मन कुमार लकान्द्री,रमेश मग्राती,कृष्ण प्रसाद खतिवडा,रन्जु तिम्सिनालगायतलाई चयन गरेको छ।