युटर्न इन्टरनेशनल प्रा. लि. द्वारा नरहरिनाथमा बिक्री केन्द्र स्थापना

कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा युटर्न इन्टरनेशनल प्रा. लि. ले आफ्नो नयाँ बिक्री केन्द्र स्थापना गरेको छ। शुक्रबार एक कार्यक्रमका बिच सो बिक्रि केन्द्रको स्थापना गरिएको बताईएको छ । बिक्री केन्द्र प्रमुख मन बहादुर बुढाको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नगेन्द्र ब. बिस्ट रहनुभएको थियो।

कम्पनीका टप एचिभर रोडिराज रिजालको बिशेष आतिथ्यतामा, नरहरिनाथ गाउँपालिका वडा नं. ३ का अध्यक्ष कटक बुढा, वडा नं. १ का अध्यक्ष जगत ब. बिस्ट, वडा नं. ६ का अध्यक्ष पौराम बिक, तथा शिक्षा अधिकृत दुर्गालाल न्यौपाने लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

“चिन्तामुक्त मानव, निरोगी समाज, उद्यमशील राष्ट्र, गौरवशाली युटर्न” भन्ने नाराका साथ यो बिक्री केन्द्रले स्वास्थ्य र समृद्धिलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले मानिसको खानपानमा सुधार ल्याई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने युटर्नको उद्देश्यको प्रशंसा गरे।

गाउँपालिका अध्यक्ष नगेन्द्र ब. बिस्टले युटर्नले स्वास्थ्य मात्र नभई राष्ट्रको समृद्धिका निम्ति योगदान गरेकोमा प्रशंसा व्यक्त गर्दै यस्तो अभियानले ग्रामीण क्षेत्रलाई नयाँ आयाम दिने विश्वास व्यक्त गर्नुभयो। साथै, मदिराको दुष्प्रभावलाई कम गर्न र स्वस्थ जीवनशैलीका लागि आवश्यक सामग्री उपलब्ध गराएकोमा बिक्री केन्द्र स्थापना गर्ने सबैलाई धन्यवाद दिनुभयो।

कार्यक्रममा मौरिको महबाट उत्पादित सामग्रीको महत्वका विषयमा विशेष चर्चा भयो। यी सामग्रीहरू वैज्ञानिक प्रमाणका आधारमा तयार भएका छन् र यसका सही प्रयोगबारे जानकारी लिएर उपयोग गर्न वक्ताहरूले जोड दिनुभयो।

युटर्नले नरहरिनाथ गापाको वडा नं ३ स्थित कुमालगाउँमा संचालनमा ल्याएको हो । स्वस्थ जीवन यापनका लागि उपयोग गर्न सकिने थुप्रै सामाग्रीहरु उपलब्ध रहने संचालक मन ब बुढाले जानकारी दिनुभयो ।

युटर्न इन्टरनेशनल प्रा. लि. ले स्वस्थ जीवनशैलीका लागि नवीनतम उत्पादनहरू बिक्री गर्दै ग्रामीण क्षेत्रमा नयाँ र सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ।