रवि लामिछानेलाई निलम्बन नगर्न रास्वपाले गर्यो सभामुखको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई ध्यानाकर्षण गरेको छ।
सोमबार सिंहदरवारमा भेटेर रास्वपाका सांसदहरू सन्तोष परियार,सोबिता गौतम र गणेश पराजुलीले सभामुख देवराज घिमिरेलाई निलम्बन नगर्न ध्यानाकर्षण गरेका हुन्।
सांसद सोबिता गौतमका अनुसार जवाफमा सभामुख घिमिरेले यसबारे आफूहरु छलफलमा रहेको भन्दै संविधान, कानुन र संसद नियमावली हेरेर निर्णय गर्ने बताएका थिए।
सहकारी ठगी प्रकरणसहित विभिन्न तीन अभियोग लगाएर आइतबार रविविरुद्ध मुद्दा दायर भएपछि कास्की प्रहरीले यससम्बन्धी जानकारी संसद् सचिवालयलाई गराइसकेको छ।