रास्वपाकाे कार्यवाहक सभापतिमा डीपी अर्याल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन्। रास्वपाको सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए।

कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो।

जारी भर्चुअल बैठकमा पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल चलिरहेको उनले जानकारी दिए।सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ।