सत्ताको दुरुपयोग: रविकाे मात्र सम्पत्ति छानबिन किन? कांग्रेस,एमाले र माओवादी नेताको पनि सम्पत्ति छानबिन हाेस्
नारायण भुसाल
सम्पत्ती शुद्धीकरणमा लामिछाने प्रतिको कारबाही कानून सम्मत नै होला।शायद! दोसि जो सुकै होस दन्डित हुनुपर्छ।तर देशको समस्या यो भन्दा बिकराल छ। ४०/५० बर्ष अघिका गोठाला,सुकुम्वासी,एउटा झोला बोकेर शहर पस्ने र सत्तामा रजगज गर्ने दलका नाइकेहरु बिना आयमूलक पेशा अहिले अरबपति कसरी भए?
सम्पत्ति शुद्धीकरण रबिको मात्र किन? सार्वजनिक पदमा रहेका व्यक्तिलाई मुद्दा लाग्नेबित्तिकै मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वत: निलम्बन हुनुपर्छ। यसमा दुई मत रहेन तर, यहि देशमा भ्रष्टाचारी नै ठहर भई सकेका कांग्रेस सांसद टेकबहादुर गुरुङ संसदमा छन् तर अभियोग दर्ता मात्रै हुँदा रवि लामिछाने निलम्बित?
धनराज गुरुङ माथि उस्तै प्रकारको सहकारी ठगीको स-प्रमाण आरोप छ।सत्तामा रहेका अरुलाई सम्झाइ रहन जरुरी नै छैन।अधिकांशको रगत मै बदमासी छ। रविलाई झै कांग्रेस एमाले माओवादका नेतालाइ खोजी खोजी कारबाही गर्ने हो भने नेता त के कार्यकर्ता पनि मामाघरमा हुन्छन्।
कांग्रेस र एमालेको दोहोरो चरित्र हामीले देखिसकेका छौं।आफ्नो पार्टीमा भ्रष्टाचारी सहकारी काण्ड भएका वाइडबडी काण्ड एनसेल काण्ड सुन काण्ड ठुलठुला काण्ड भएका सांसद मन्त्री प्रधानमन्त्री प्रमाण भएर पनि कारबाही गरेको छैन।
भ्रष्टाचार गरेर पनि आफ्नो कार्यभार सम्हालिराखेका छन्।३४ बर्स देखी देशको बेहाल गरेर नेपाल देशलाई सिरिया अफ़गानिस्थान जस्तै बनाउन तत्पर कंगाल पार्ने कांग्रेस-एमाले जस्तो रास्ट्रघाती लूटेरा कुख्यात अपराधीहरुलाई जेल हाल्ने मात्र होइन फासीको सजाया दिनु पर्छ २००७ साल देखी अहिले सम्म देश लुटेर कंगाल पार्ने पुराना दलनै हुन।
माहाकाली राष्ट्रघात गर्ने धमीजा काण्ड गर्ने वाइडबडी घोटला गर्ने लाहुडा घोटला गर्ने बुडी गण्डकी घोटला गर्ने एनसेल घोटला गर्ने गिरीबन्दु घोटला गर्ने टेरामेक्स घोटला गर्ने भूटानी शरणार्थी काण्ड गर्ने सुन तस्करी गर्ने ललिता निवास घोटला गर्ने स्काउटको जग्गा घोटला गर्ने नेपालका नदी नाला उद्याेग कलकारखाना सब बिदेशीलाई बेचेर खाने र देश कंगाल पार्ने पुराना दलहरु नै हुन।यहि अवस्था रहि रहयो भने कानुनको गलत प्रयोग गरेर बालेन,कुलमानहरु समेत भोलि जेल जानुपर्ने अवस्था हुनसक्छ।
रवि लामिछानेलाई मात्र कारबाही किन कानुन सबैका लागि बराबर होइन र सम्पत्ति शुद्धिकरणमा रवि लामिछानेको सम्पत्ति मात्र होइन।नेपाली कांग्रेसका पुराना पुराना नेता एमालेका पुराना पुराना नेता माओवादीका पुराना पुराना नेता सबैको सम्पत्ति शुद्धिकरण हुनुपर्छ भएन भने रवि लामिछानेलाई प्रतिशोधको आधारमा एमाले कांग्रेस ले फसाउन षड्यन्त्र गरेको भनेर प्रमाणित हुन्छ।
यी दुई पार्टीमा सबैभन्दा बढी भ्रष्टाचार गरेका सहकारी ठगी गरेका नेताहरु छन। प्रमाण भएर पनि तिनीहरूलाई अहिलेसम्म कानुनी कटघरामा उभ्याउन सकेको छैन।
यिनीहरुलाई रवि लामिछाने मात्र देखिन्छ करोडौ ठगिको पछी लाग्नै पर्छ तर,अरबौ खरबौ ठगिका ठगहरुलाई अन्ध्यारो कुनामा पन्छ्याएर करोड पछी मात्र लागेको हो कि अरबौ खरबौ ठगिनै नभएको हो? यसको जवाफ कस्ले दिन्छ।
२०४६ सालदेखि सत्ताको स्वाद चाख्दै आएका ‘दिग्गज’ नेताहरूको सम्पत्ति पनि शुद्धीकरणको दायरामा आउनुपर्छ। तर,प्रश्न उठ्छ— के ओलीजीले आफ्नो जग्गाको हिसाब दिन तयार छन्?
देउवाजीले ‘घर घरमा सडक’ प्रोजेक्टको ‘खर्च’ देखाउन सक्छन्? प्रचण्डजीले ‘जनताको लागि लडाइँ’को वास्तविक नाफा खोल्न सक्छन्? जब सम्म यी नेताहरू तयार हुँदैनन।सम्पत्ति शुद्धीकरणको नारा केवल राजनीतिक हतियार बनिरहन्छ।अनि जनताले ‘कथित’ नायकहरूको सत्य सुन्ने सपना मात्र देख्न सक्छन्।
ल ठिक छ ऊनी गलत हुन भने सजायँको भागिदार हुनै पर्छ।तमाम मिडिया ठुला दलका शीर्ष नेता देखि कार्यकर्ता जसरी लागी परेका छन् र कानुनको दुरपयोग जुन हिसाबले भएको छ।
सयौं भ्रष्टाचारीलाई छोडेर मात्र एक जना माथी,शङ्का र सवाल त्यहाँ नेर राजनीति प्रतिसोध पूर्बाग्रह प्रस्ट देख्न सकिन्छ।त्यो मात्र गतल हो भने यहाँ सहि र दुधले नुहाएको को छ?
यसको जवाफ छैन! रविबाट सुरु भएको सम्पत्ति शुद्धीकरणको मुद्दा आखामा ४५ लाखको चस्मा ,हातमा ३ करोडको घडी अनि खुट्टामा १ लाखको जुत्ता लगाउने “बा”को पनि छानबिन होस।
त्यसैगरी सबै दाइ,भाउजू र देवर बाबुहरुको पनि छानबिन होस।चप्पल पड्काउदै सिंहदरबार छिर्ने सबै नेताको सम्पत्ति छानबिन होस।दोसि सत्तामा निर्दोष जेलमा नहोस्।अहिले सम्पुर्ण नेपाली जनताको चाहना यहीँ हो।