कन्सर्टमा राखिएका मदिराजन्य पदार्थका बोर्ड महानगरपालिकाले हटायो
काठमाडौं। भारतिय चर्चित गायक सोनु निगमको कन्सर्टमा राखिएका मदिराजन्य पदार्थका बोर्ड काठमाडौं महानगरपालिकाले हटाएको छ। बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ साङ्गीतिक कार्यक्रमलाई लक्षित गरी राखिएका मदिराजन्य पदार्थका बोर्ड काठमाडौं महानगरपालिकाले हटाएको हो।
काठमाडौं महानगरपालिका–६ स्थित हायात ग्राउन्डमा बुधबार नै हुन लागेको कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको हो।
मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीतिअन्तर्गत ती बोर्डहरू हटाइएको हो मेयर बालेन्द्र साहको सचिवालयले जनाएको छ। सोनु उक्त कन्सर्टका लागि बुधबार नै नेपाल आएका हुन्।