गृह मन्त्रालयले ग-यो सीडीओको सरुवा, काठमाडौंमा ऋषिराम तिवारी
काठमाडौं। गृह मन्त्रालयले काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ। काठमाडौंका सीडीओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई पठाइएको छ।
गृहले काठमाडौंसहित अन्य केही जिल्लाका सीडीओहरूको पनि सरुवा गरेको छ। कैलालीका सीडीओ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरी सरुवा गरिएको छ भने सुनसरीका सीडीओ रामचन्द्र तिवारीलाई गृहम मन्त्रालय तानिएको छ।
गृह मन्त्रालयका सहसचिव गोगन बहादुर हमाललाई कैलालीको सीडीओ बनाएर पठाइएको छ। गृह मन्त्रालयकै सहसचिव तुलसी बहादुर श्रेष्ठलाई कैलालीको सीडीओ बनाएर पदस्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ।
मोरङका सीडीओ प्रेम प्रसाद भट्टराईलाई गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ भने मोरङको सीडीओमा गृह मन्त्रालयका सहसचिव इन्द्रदेव यादवलाई पठाइएको छ।
झापाका सीडीओ बन्धु प्रसाद बास्तोलालाई पनि गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको गृहले जनाएको छ। सर्लाहीका सीडीओ गोपाल कुमार अधिकारीलाई झापा सरुवा गरिएको छ।
दाङका सीडीओ शावित्रा पुनलाई सल्यान र सल्यानका सीडीओ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ।