सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीका वकिलहरूको बहस सकियो

पोखरा। कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीतर्फका अधिवक्ताहरूको बहस सकिएको छ । बुधबार प्रतिवादीकातर्फका अधिवक्ताहरूको बहस सकिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूतर्फका अधिवक्ताहरुको बहस बुधबार सकिएको हो।

स्रेस्तेदार खनालका अनुसार आज बुधबारबाटै जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको छ। त्यसपछि भोलि बिहीबारसम्म सरकारी वकिल कार्यालयको तर्फबाट बहस हुनेछ। जवाफी बहस सकिएपछि आदेश आउने छ। आदेश आउने समय नजिकिएसँगै पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ।