समाजवादी मोर्चाको बैठक माघ २ गते बस्ने

काठमाडौं। समाजवादी मोर्चाको बैठक माघ २ गते बुधबार बस्ने भएको छ। शुक्रबार सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफलपछि आगामी बुधबार समाजवादी मोर्चाको बैठक बस्न लागिएको हो।

बिहिबार पनि प्रचण्ड र माधव नेपालले सिंहदरबारमा छलफल गरेका थिए। बैठकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए।

४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए।