बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढेको हो।

छापावाल सुन आइतबार १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।