आज बयान नसकिए रविलाई हिरासतमा राखिने

काठमाडौं। सहकारी संस्थाको बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको बयान सुरु भएको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान जारी छ।

आज बयान सकिएन भने लामिछाने हिरासतमा राखेर भोलि पुनः बयान लिइने अदालतका स्रेस्तेदार रामु शर्माले बताएका छन्। बयान सकियो र थुनछेकको बहस भयो भने न्यायाधीशको आदेशबमोजिम हुने उनले बताए।

उनले भने, ‘बयान सक्ने प्रयासमा छौँ, सकियो भने आजै थुनछेकको बहस हुन्छ। यदि बयान सकिएन रविलाई प्रहरी हिरासतमा राखिने र भोलि पुनः अदालतमा उपस्थित गराइने छ।बयान सकिएन भने घर पठाउन नमिल्ने उनको भनाइ छ।

साँझ ५ बजेअघि बयान सकियो भने मात्रै आज थुनछेकको बहस हुनसक्ने उनले बताए। अन्यथा बाँकी काम भोलि गर्नुपर्ने भएकाले रविलाई हिरासत राखिनुपर्ने छ। ३९ जना प्रतिवादीमध्ये आज रविमात्रै उपस्थित छन्।

प्रहरीले रविमाथि बचत अपचलनसहित संगठित अपराधको कसुरमा समेत मुद्दा पेश गरेको छ। तर, अन्य जिल्ला अदालतमा जस्तो सम्पत्ति शुद्धीकरणको अभियोग काठमाडौंमा लगाइएको छैन।