राष्ट्रिय मुक्ति क्रान्तिले नै नयाँ राज्य व्यवस्था स्थापना गर्छ
शिलु न्यौपाने
शिलु न्यौपाने नेता नेकपा
नेपालमा नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न स्वाधीन र समाजवादी गणतन्त्र स्थापना गर्न मुलुकको समग्र संकटको समाधानका निम्ति क्रान्तिको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने छ।
पार्टीले लिएको नीति,योजना,कार्यदिशा कार्यक्रमलाइ दृढ्ताका साथ पालना गर्दै पार्टी यति बेला राष्ट्रिय मुक्ति क्रान्तिका खातिर राष्ट्रिय मुक्ति मार्चलाइ यहि पौष ११ देखि पूर्व मेची र पश्चिममा गड्डा चौकीबाट एक साथ राष्ट्रिय मुक्ति मार्चको अभियानमा तीन करोड नेपाली जनता माझ पुग्ने अभिष्ट लक्ष्य साथ यति बेला नेपाल कम्युनिस्ट पार्टी जनताको घर्,बस्ति,टोल,चोक सम्म जनतासँग सहकार्य गर्दै देशभक्त,क्रान्तिकारी,उत्पीडीत समुदाय वर्ग,जातिसँग मोर्चा बन्दी गर्दै जनतालाइ संगठित गर्दै क्रान्तिको निम्ती अघि बडिरहेका छौं।
यो व्यबस्था संकट ग्रस्थ भइरहदा ढल्ने क्रम जारी छ।दलाल संसदीय राज्य व्यवस्थाले मुलुकमा अराजकता मच्याउदै रमाइरहेका छन्। आज देश चौतर्फि अन्यायको शिकार बन्दै गएको छ।
युवाहरु देशमा आफ्ना भविष्य देख्न सकेका छैनन्,मिट्रर व्याज ,लगुविद्य पिडित,सहकारी पिडीतहरु न्यायको निम्ती आन्दोलनमा छन् यो भ्रष्ट,दलाल,तस्करहरुले बनेको व्यवस्थाले संकटको हल दिन सकिरहेको छैन र दिदैन पनि। त्यसैले हामी सबै आम नेपाली जनसमुदायलाइ अपिल गर्न चाहान्छौ।
यो मक्कियको,गनाएको व्यवस्थाले देश र जनताको हित गर्दैन यसले देश र देशका जनताको हित,भाग्य भविष्य समेत निर्माण गर्न नसक्ने हुदा यस्ता मतियारहरुबाट हामी गुम्राहामा नबस्यौं।यो व्यवस्था फ्याकेर नयाँ राज्य व्यवस्था स्थापना गर्न राष्ट्रिय मुक्ति क्रान्तिको झण्डामा लाम्बद्ध बनौं।
यो व्यव्था फ्याकेर जनताको अधिकार सम्पन्न गर्ने जनताको व्यवस्था ल्याउन लाम्बद्ध बनौं। जनतालाइ पैसा,मासु,रक्सिमा खरिद गर्ने ठकबन्धनहरुबाट हरेक नेपाली होसियार बन्दै मुलुकलाइ सुन्दर,स्वाधिन,निजिकरण मुक्त गर्दै सम्वृद्ध जनताहरुको व्यवस्था ल्याउन राष्ट्रिय मुक्ति क्रान्तिमा आम नेपाली जनताहरुलाइ गोलवन्द हुन आवहान गर्दछौ।