रास्वपा कार्यकर्ताद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गरेका छन्।
काठमाडौँ जिल्ला अदालत परिसरमा रास्वपा कार्यकर्ताहरूले त्रिपाठीमाथि आक्रमण प्रयास गरेका हुन्। बुधवार रविमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा रास्वपा कार्यकर्ताहरूले त्रिपाठीमाथि आक्रमण प्रयास गरेका हुन्।
त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए। आक्रमणमा संलग्न १ जना पक्राउ परेको प्रहरीले जनाएको छ।