टुँडिखेल,खुल्लामन्च पनि आफ्ना कार्यकर्तालाई दिने अध्यादेश पास भएछ: मेयर बालेन

काठमाडौं। सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले व्यङ्ग्य गरेका छन्।

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको तस्बिरसहित स्टाटस लेख्दै उनले व्यङ्ग्य गरेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेपछि शाहले खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएको टिप्पणी गरेका हुन्।

‘अब खोला मात्र हैन टुँडिखेल, खुल्ला मञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरुलाई।