मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
काठमाडौं । कपिलवस्तुमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका थिए।
मृत्यु हुनेमा यूपी ५५ ए एच ७०९० भारतीय नम्बरको मोटरसाइकलका चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरकामोटरसाइकल चालक सैनामैना–४ बस्ने वर्ष २७ को रोमन थारु छन्।
उनीहरुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए।
दुर्घटनामा १ जना घाइते छन् ।घाइते भएका २६ वर्षीय अजय थारुको उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।