मुस्ताङमा आगलागी, प्रहरी हवलदार घाइते

सांकेतिक तस्वीर

काठमाडौं। मुस्ताङको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा आगालागी हुँदा एक प्रहरी हवलदार घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार राति साढे दुई बजेतिर भएको आगलागीमा प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका हुन्।

प्रहरी बस्ने क्वार्टरमा आगलागी भएपछि हाम फाल्न खोज्दा घाइते भएका तिवारीलाई उपचारका लागि पोखरा पठाएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ। एकिन कारण नखुले पनि विद्युत् ‘सट’ भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रजिअले भुसालले बताए। आगलागीबाट सामान्य क्षति भएको उनले जानकारी दिए।