ग्यास विष्फोट हुँदा १४ जना घाइते
काठमाडौं। काठमाडौंको मालीगाउँस्थित एक मःमः पसलमा ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका छन्। प्रहरीका अनुसार सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको हो।
घाइते हुनेहरु सोही पसलमा काम गर्नेहरु रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ।
सिलिण्डर विष्फोटपछि घरको सिलिङ र सिसा फुटेको छ। त्यहाँ प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ। घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थान टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ।