टी–२० शृंखला: युगाण्डाविरुद्धको खेलमा नेपाल १ विकेटले विजयी
काठमाडौं। महिला टी–२० आई क्रिकेटमा नेपालले रोमाञ्चक खेलमा युगाण्डालाई पराजित गर्दै पहिलो जितको स्वाद चाखेको छ। आज एन्टेबे क्रिकेट ओभलमा भएको खेलमा नेपालले घरेलु टोली युगाण्डालाई एक विकेटले पराजित गरेको हो।
युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा साना प्रविनले सर्वाधिक १७ रन बनाइन् भने पूजा महतोले १६ रन र रुविना क्षेत्रीले १० रन बनाए। युगाण्डाकी जनेत एम्बाबाजीले ३ विकेट लिइन्। साराह वालाजाले २ विकेट हात पारिन्।
यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङ गरेको युगाण्डाले निर्धारित ओभरमा ७ विकेट गुमाएर ७५ रनमात्र बनाउन सक्यो।
युगाण्डाका लागि निष्कलंक नाकिसुयीले सर्वाधिक २२ रन जोडिन्। स्टेफनी नाम्पिनाले १४ तथा मलिसा अरिकोटले ११ रन बनाए।
बलिङतर्फ पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् भने कप्तान इन्दु वर्माले २ विकेट हात पारिन्।आजको खेलमा नेपाली खेलाडी साना प्रविनले सिनियर टिममा डेव्यू गरेकी छन्।
जारी प्रतियोतिामा नामिबियाविरुद्धको पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्न चाहन्छ। हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो भने युगाण्डाले आफ्नो पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो।शृंखलामा युगाण्डा, नेपाल, नामिबिया र हङकङ सहभागी रहेका छन्।