स्वास्थ्य मन्त्रालयले गर्यो डा.क्षेत्रीलाई सेवाबाट हटाउने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिष्ट ९नवौँ तह० डा। सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी गरेको छ ।

गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय अनुपस्थित भएपछि मन्त्रालयले सोमबार सूचना नै जारी गरेर उनलाई सेवाबाट हटाउने तयारी स्वरुप दोस्रोपटक स्पष्टीकरण सोधेको हो ।

यसअघि गत फागुन १० मा उनलाई ७ दिने स्पष्टीकरण सोधिएको थियो । तर उनको स्पष्टीकरण सन्तोषजनक नभएकाले अहिले फेरि सेवाबाट किन नहटाउने रु भनी १५ दिनको समय दिएर अर्को स्पष्टीकरण सोधिएको हो ।

मन्त्रालयले सेवाबाट हटाउनु नपर्ने कुनै कारण भए सबुत प्रमाणसहित स्पष्टीकरण पेस गर्न भनेको छ ।