एकैदिन सुनको मूल्यमा भारी वृद्धि,तोलामा कति ?

काठमाडौं। नेपाली बजारमा आज एकै दिन सुनको मूल्य ४ हजार रुपैयाँले बढेको छ।बुधबार प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ७४ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बिहीबार फागू पूर्णिको सार्वजनिक बिदा परेकोले सूनको मूल्य निर्धारण गरिएको थिएन।

 चाँदीकाे आज  ५० रूपाैयाँ वृद्धि भएकाे छ। आज आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी २ हजार रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय ८६ दशलमव ६ अमेरिकी डलर र चाँदी ३३ दशलमव ८५ डलरमा कारोबार भइरहेको छ।