टिपरले ठक्कर दिँदा मोटरसाइकलयात्रीको मृत्यु, एकजना गम्भीर घाइते
काठमाडौं। काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन् ।
बिहान साढे ४ बजे रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकलमा सवार काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङको मृत्यु भएको हो ।
मोटरसाइलमा सवार कोभे्रेकै बेथानचोक गाउँपालिका-६ का रमेश तामाङ गम्भीर भाइते रहेको बानेश्वर प्रहरीले जनाएको छ। ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ। टिपरको ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि ट्रमा सेन्टर पुर्याएलगत्तै सुकरामको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकललाई ठक्कर दिएर फरार टिप्परका चालकको खोजी भइरहेको छ। टिप्पर भने प्रहरीले नियन्त्रणमा लिएको छ।