उपप्रधानमन्त्री सिंहले भने पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी छैन
पाल्पा। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको बताएका छन्।
शनिबार नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उपप्रधानमन्त्री सिंहले सरकारले पूर्वविशिष्टलाई सुविधा थप्ने तयारी नगरेको बताएका हुन्।
उनले भने, ‘पूर्वविशिष्टलाई सुविधा थप्ने गरी सरकारले गृहकार्य अघि बढाएको छैन। सुविधा थप्ने सरकारको मनसाय छैन।उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको र सोही अनुसार काम अघि बढाएको पनि बताए।
राजनीतिक स्थिरता नभई विकासको कामले गति लिन नसक्ने भएकाले अहिले कांग्रेस, एमालेसिहतका दलहरू मिलेर सरकार बनाएको भन्दै उनले जनताको जीवन र जीविका सहज बनाउनु नै सरकारको प्राथमिकता रहेको बताए । उनी आज गुल्मी क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा सहभागी हुँदैछन्।