बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, प्रहरीको आईजीपी नियुक्ति हुँदै

काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रहरीको नयाँ नेतृत्व चयन बैठकको मुख्य एजेन्डा छ।

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आजदेखि अवकाश पाउँदै छन् । रिक्त हुने पदमा एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्ये एक नियुक्त गर्ने तयारी छ ।