प्रहरी महानिरीक्षक कुँवरको गृहमन्त्री लेखकले गरे बिदाइ
काठमाडौं।गृहमन्त्री रमेश लेखकले सोमवार सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको बिदाइ गरेका छन्।
सो क्रममा उनले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक कुँवरलाई बधाई दिँदै सेवा निवृत्तपछिको व्यवासायिक जीवनको प्रगतिको कामना गरे
राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक,व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उनले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रको लागि थप काम गर्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे।
गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्चि तता गर्ने प्रहरी संगठनको प्रमुखको महत्वपूर्ण र गरिमामय पदमा कार्यरत भएर मुलुकका लागि पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै सेवा निवृत्तपछि अझ बढी प्रगतिको कामना गरे।