आज मिति २०८१ साल चैत ५ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- भाग्यले साथ दिनेछ । प्रशस्त आर्थिक लाभ हुनुका साथै प्रेमप्रसंग रमाइलो बन्नेछ । वित्तीय लाभको अवसर प्राप्त हुनेछ । आय–आर्जनको राम्रो दिन छ । नयाँ काम गर्ने सोच बनाइरहनुभएको छ भने परिवारजनबाट राम्रो सल्लाह प्राप्त हुनेछ । व्यापारमा राम्रो धनलाभ हुनेछ, साथै उठ्न नसकेको रकम पनि उठ्ने सम्भावना छ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- फलदायी समय रहेको छ। आम्दानी बढ्ने भएकाले मन प्रशन्न हुनेछ । सन्तानबाट सुखद समाचार प्राप्त हुन सक्छ । आज गरिएको लगानीले राम्रो प्रतिफल दिने सम्भावना छ। सामाजिक क्षेत्रमा मन जानेछ । साथीभाइबाट काममा सहयोग प्राप्त हुनेछ । रचनात्मक काममा संलग्न हुने समय आएको छ। दिन सामान्यतया एकदम राम्रो रहनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आर्थिक पक्ष ठीकठाक रहने भए पनि झगडा र डरको सम्भावना देखिएकाले सतर्क रहनु होला । हात हतियारबाट जोगिनु पर्ने दिन छ । अनावश्यक विवादमा नपर्नु राम्रो हुनेछ । विचारलाई तौलिई मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा परिश्रम गरेपनि सफलता हात पार्ने बेलामा विवाद हुन सक्छ । कसैसँग बढी रिस उठ्न सक्छ, संयम रहनुहोस् ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- साथीभाइबाट मान सम्मान पाइएपनि जागिरमा अपजस आउने सम्भावना छ । काममा मन नजानाले कार्यहरू अधुरै रहने सम्भावना छ । मान सम्मानमा आँच आउन सक्छ । नयाँ काम सुरु गर्नका लागि अनुकूल समय छैन । कार्यमा हैरानी बढ्न सक्छ । जागिरमा समस्या आउने दिन छ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- मनमा शान्ति मिल्नुका साथै बौद्धिक कार्यहरू सफल हुनेछन् । अध्ययनमा प्रगति हुनेछ । चल–अचल सम्पत्तिको कारोबार हुन सक्छ । वैवाहिक जीवन सुखमय रहनेछ । सामाजिक काममा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ, जसले मानप्रतिष्ठा बढ्नेछ ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- अरूले तपाईंलाई बढी विश्वास गर्ने समय रहेको छ । प्रेम सम्बन्धमा सुखद मिलनको अनुभव हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । परिवारबाट टाढा बस्नुपर्ने परिस्थिति आउन सक्छ । साहित्यिक कार्यमा रुचि बढ्नेछ । टाढाको यात्राबाट धनलाभ हुने सम्भावना छ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- सुखबाट टाढा हुनुपर्ने समय छ । गरेका काममा सफलता नमिल्न सक्छ । नचाहिने ठाउँमा धनको नाश हुन सक्छ । स्वास्थ्यले साथ नदिन सक्छ, त्यसैले सतर्क रहनुहोस् । यात्राका क्रममा सावधानी अपनाउनु राम्रो हुन्छ । पीडा दिनेहरू सक्रिय हुनसक्छन्, त्यसैले अत्यन्तै सचेत रहनुहोस् । सामान्य रुघाखोकीले समेत सताउने सम्भावना छ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- रोकिएका अधुरा कार्य पूरा हुनेछन् । आँट गरेको कार्य सफल हुनेछ । धनजनको लाभ हुनेछ । आज काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक लाभ मिल्नेछ । कसैबाट समर्थन प्राप्त हुन सक्छ । बुद्धि बिवेकले राम्रो काम गर्नेछ । अनायासै सही निर्णय लिन सकिनेछ ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- अनुकूल समय रहेको छ । काममा लागि पर्ने हो भने सफल भइनेछ । व्यापार व्यवसायमा उन्नति हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धन लाभ हुनेछ। आँटेगरेका कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने भएकाले मन हर्षित रहनेछ । मनोरञ्जनका अवसर प्राप्त हुनेछन् ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- खर्च हुने भएपनि भेटघाटमा खर्च हुँदा मन सन्तुष्ट रहनेछ । आर्थिक काम सफल हुनेछन् तर काम गर्दा अत्यन्तै सतर्क रहनुहोस् । यात्राको योग छ । घरायसी समस्याले केही समय सताउन सक्छ, तर गरेका काम सफल हुनेछन् । यात्रा सम्भावना रहेको छ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- खर्च बढ्नेछ । मनमा द्विविधा रहनेछ । निको भइसकेको रोगले पुनस् सताउने सम्भावना छ । व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छ । काममा ढिला सुस्ती आउने सम्भावना छ । आर्थिक हानीको जोखिम छ, त्यसैले सचेत रहनुहोस् । भौतिक साधनको क्षति हुन सक्छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- व्यावसायिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरू पूरा हुनेछन् । आज आलस्यले सताउन सक्छ । नयाँ काम प्रति रुचि जाग्ने भए पनि पहिले गरिरहेका कामहरू ओझेलमा पर्न सक्छन् । तपाईंले अरूलाई गर्नुभएको बाचा पूरा गर्ने दिन रहेको छ । काममा समय खर्च गरे मन प्रशन्न हुनेछ । मन लगाएर काम गर्नुहोला।