अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते
अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।मालारानी गाउँपालिका–३ ढुंङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
खनदहतर्फ गइरहेको जिप आज बिहान साढे ३ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेको थियो।
अन्य २ जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ। जिप सडकबाट करिब २०० मिटर तल खसेको छ।