मोदीसँगको भेटले हौसिएका ओली, देश र जनताको छैन चिन्ता ?
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाइ देशको भन्दा पनि विदेशीलाइ कसरी खुशी बनाउन सकिन्छ भन्ने ध्याउना मात्र रहेको स्पष्ट भएको छ। थाइल्याण्ड भ्रमण गएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटले हौसिएका देखिएका छन्।
त्यस्तै सडकमा शिक्षकहरु आन्दोलित छन्,कुलमान घिसिङका समर्थक पनि सोहि लयमा हुँदा राजावादीको तितरवितरण भएको आन्दोलन समेट्ने प्रयासमा राष्ट्रिय प्रजातन्त्र पार्टि लागि परेकाे छ।
स्वंयम नेपाली कांग्रेसभित्रकै एक तप्का सरकारको कामदेखि सन्तुष्ट छैन भने प्रधानमन्त्री केपी शर्मा ओली एकपछि अर्को गलत निर्णय गरिरहेका छन्। अर्थात माहोल सरकारमाथि विश्वास गर्ने हैन तर अझ गर्माउने र निराशा बढ्ने खालको छ।
एमाले कांग्रेस गठबन्धनको उदेश्यको कुरा गर्ने हो भने सरकार फलप भइसकेकाे छ। न अर्थतन्त्रमा सुधार न नागरिकमा आशा। बरु व्यवस्था नै परिवर्तनको आवाज यहिवेला बलियो बन्दा यो सरकारको हैसियत वेला वेला पुष्पकमल दाहाल प्रचण्डले नै पनि देखाईदिन्छन्।
त्यो पनि छोडौ उपेन्द्र यादवले नै पनि ओलीको पसिना छुटाएको उदाहरणहरु छन्। प्रहरीमाथि प्रश्न छ। जताततै उकुसमुसुक छ भन्दा अयुत्ती हुने अवस्था छैन्। नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाकै भनाई मान्ने हो भने गठबन्धन सरकारको औचित्य पुष्टि गर्न सकेको छैन्।
यता ओलीकै सन्दर्भमा पनि आईलभयु केपी वा भन्नेहरु छैनन्। सार्वजनिक कार्यक्रममा जाने अवस्था छैन्। चाहे त्यो देशको होस कि विदेशको। तर जनमतमा खराव हूँदै गएका प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा भने बलियो बन्न थालेका छन्।
भारतसँगको सम्बन्ध सुधारिएको संकेत र विपक्षी तह लगाउने अश्त्र सफल भएपनि यो अवस्था बनेको हो। जहाँ कांग्रेसको बलियो साथ अर्को आधार बन्दा खड्गोबाट पार हुने उनका रणनिति कस्ता रहे त ? कसरी विपक्षीलाई तह लगाए?
कसरी एकपछि अर्को घटनाक्रम उनका लागि फाईदा जनक बन्दै छन् ? विपक्षीले समात्न नसकेको बाटो र कांग्रेसको बाध्यता के? मोदीसँग गरेको सम्झौता के?
यी र यस्तै प्रश्नहरुको जवाफ प्रधानमन्त्री ओली जनतालाइ दिने बेला आएको छ। तर प्रधानमन्त्री आली भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि निकै खुशी देखिएका छन्।
देश र जनतालाइ खुशी राख्नुको साटो विदेशिहरूलाइ कसरी खुशी राख्न सकिन्छ त्यो मात्र उद्देश्य बोकेका शासकहरूलाइ नेपाली जनतासँग कुनै किसिमको सरोकार हुँदैन।
अब पनि यही किसिमको रबैया रही रहे जनताले लखेट्ने दिन पनि चाँडै आउनेमा कुनै शंका भने छैन। त्यसैले सबै राजनितिक दलका नेताको बेलैमा वुद्धिको बिर्को खुल्नु जरूरी देखिएको छ।