सुनको मूल्य घट्यो, तोलामा कति ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सयले घटेको छ। साताको पहिलो दिन १९ सयले घटेको छापावाल सुन आज तोलामा ७ सयले घटेर एक लाख ७३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदी तोलामा ३० रुपैयाँ बढेको छ। हिजो १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।