शिक्षकले आफैँ सफा गर्छन् आन्दोलनमा जम्मा भएको फोहोर
काठमाडौं। चैत्र २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन आज पनि जारी छ। प्रदर्शनको लागि हरेक दिन ५००० भन्दा बढि शिक्षक माइतीघर भेला भएर बानेश्वर जाने गरेका छन्। गर्मीमा आन्दोलन गर्न बसेपछि तिर्खा लाग्ने भोक लाग्ने त भइ हाल्छ।
तिर्खा लाग्दा पानी पिएपछि पानीको बोतल एउटा झोलामा राख्ने र खाएपछिको प्लास्टिकहरू पनि फोहोर नगरि एउटा झोलामा थुपार्ने गरेका छन्।
यदि कसैले जथाभावी फोहोर गरेको छ भने उसलाई सम्झाउँदै फोहोर सफा गरेको दृश्य आन्दोलन मा देख्न सकिन्छ। आन्दोलनमा आएको शिक्षकलाई मात्र होइन,पत्रकार,सर्वसाधारण , प्रहरी लगायतलाई बोटबिरुवा भएको ठाउँमा नजान अनुरोध गरेको दृश्य हामी सामाजिक सन्जालमा देख्न सक्छौँ।
हजारौँका उपस्थिति हुँदा पनि बोट बिरुवा न मासि , केही फोहोर नगरि आफ्नो प्रदर्शन गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो सामाजिक सन्जाल मार्फत शिक्षकहरूलाई धन्यवाद ज्ञापन समेत गरेका थिए।