नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । १९ वर्ष मुनिको आईसीसी विश्वकप एशिया छनोटमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ। खेल तल्लो मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ।
यसअघि लगातार दोस्रो जित हासिल गरेको नेपालले आज तेस्रो खेल खेल्न लागेको हो । नेपालले पहिलो खेलमा यूएई र दोस्रो खेलमा ओमानलाई हराएको थियो । नेपाल आज पनि हङकङलाई पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रँदैछ।
आजै अफगानिस्तानले यूएईसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्दै छ । दुई खेल जितेको नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ।