यस्तो छ,आजको मौसम पूर्वानुमान

काठमाडौं,मंसिर २५। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।
हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ।

 

हाल मौसमको अवस्था प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि भूभागहरुमा आंशिक बदली रहेको छ।

 

आज दिउँसो प्रदेश नं १, प्रदेश नं २ र बाग्मति प्रदेशका भूभागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

 

त्यस्तै राती प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

 

 

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भुभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरिएकाे छ।