उखु जस्तै पेलिए किसान

काठमाडौं,मंसिर २९।उखु नगदे बाली। तर किसान सधैं उधारोमा कारोबार गर्न बाध्य छन्। किसानले वर्षौंदेखि उखु बेचेको बक्यौता रकम भुक्तानी पाएका छैनन्। किसानका अनुसार करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ।

 

उखु क्रसिङ गर्ने सिजन सुरु भयो। किसान उखु लिएर मिलमा जानुपर्ने बेला विगतको बक्यौता रकम पाउनुपर्ने माग गर्दै राजधानी आएका छन्।

 

पोहोर काठमाडौं आएर आन्दोलन गरेपछि बक्यौता रकम पाउने आश्वासन पाएर घर फर्केका किसानले एक वर्षसम्म पनि रकम नपाएपछि फेरि आइतबारदेखि माइतीघरमा आन्दोलन सुरु गरेका छन्।

 

उखु उद्योगीबाट सधैं पेलिएको किसानको गुनासो छ। करिब साढे तीन लाख रुपैयाँ बक्यौता रकम नपाएपछि आन्दोलन गर्न काठमाडौं आएको सर्लाहीका किसान रामबाबु मण्डलले बताए। ‘२०७१ सालदेखिको रकम खप्टिँदै आएको छ।

 

माइतीघरमा भेटिएका मण्डलले भने, ‘चिनी उद्योगले भुक्तानी दिन आलटाल गर्दै आएका छन्।’ मण्डलले महालक्ष्मी सुगर मिलबाट भुक्तानी लिन बाँकी छ। उखु जस्तै आँफूहरु पेलिएको किसानको दुखेसो छ।नागरिक दैनिकमा खबर छ।