नेपालमा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमण

काठमाडौं,पुस १। नेपालमा थप ७३६ जनामा कोरोना भइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको मन्त्रालयले जनाएको छ।

 

 मन्त्रालयका अनुसार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा ५५५५ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४५२ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ७५७ जना सक्रिय संक्रमित छन्।

आज ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सँगै कुल निको हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ।

कुन जिल्लामा कति थपिए संक्रमण

प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा ४, झापामा ११, पाँचथरमा १, भोजपुरमा १, मोरङमा १४, संखुवासभामा १ ३ र सुनसरीमा १९ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को धुनषामा ६, पर्सामा ९, बारामा २, महोत्तरीमा १ र सर्लाहीमा २ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ९४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ८, चितवनमा १६, दोलखामा ३, धादिङमा ७, नुवाकोटमा १६, भक्तपुरमा २०, मकवानपुरमा १३, रसुवामा ३, रामेछापमा १, ललितपुरमा ७७ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४५, गोरखामा १४, तनहुँमा ७, नवलपरासी पूर्वमा १, पर्वतमा २, लमजुङमा ६, बागलुङमा ४ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा २, गुल्मीमा ५, दाङमा ५, नवलपरासीमा २, पाल्पामा ८, प्यूठानमा ६, बर्दियामा ४, बाँकेमा २२, रुकुम पूर्वमा १, रोल्पामा २ र रुपन्देहीमा २५ जनामा कोरोना पाइएको छ।

 

कर्णाली प्रदेशको सुर्खेतमा मात्र २ जनामा कोरोना भेटिएको छ।

 

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा २५, कैलालीमा १, डडेल्धुरामा १ र बझाङमा ३ जनामा कोरोना भेटिएको छ।